नियम २७
बिदा नलिई अनुपस्थित हुन नपाइने
(१) प्रहरी कर्मचारीले मुनासिब माफिकको कारण परेमा बाहेक बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुनु हुदैन ।
(२) निर्धारित समयमा कार्यालयमा नआउने वा कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छाड्ने प्रहरी कर्मचारीलाई प्रमुखले गयल कट्टी गरी तलब कट्टी गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम गयल कट्टी भएको अवधि सेवा अवधिमा गणना हुने छैन ।